सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुंदैछ कारोवार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुंदैछ कारोवार ?

आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुंदैछ कारोवार ?
    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो । 
     
    नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार २४० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० मा खरिदबिक्री भएको थियो । 
     
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij