काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
आइतबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ६ सयको उच्चतम रेकर्ड बनाएको थियो । सोमबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।