सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

    काठमाडौं (ललितपुर)  । मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै राष्ट्रसेवक कर्मचारीले इमानदारीपूर्वक काम गर्नेमा जोड दिएकाा छन् । 

    नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृतहरूको ४०औँ आधारभूत प्रशिक्षण कार्यक्रमको समापन  समारोहमा उनले स्वार्थ केन्द्रित नभई राष्ट्रसेवामा आफूलाई समर्पित गर्न अनुरोध गरे । 

    पदको गरिमा कायम राख्दै नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै मुख्यसचिव अर्यालले “राज्यको नीति र लक्ष्यअनुसार काम गर्दा कर्मचारीले आफ्नो स्वार्थभन्दा माथि उठेर पारदर्शी, जिम्मेवार र सेवामुखी हुनुपर्छ,” भने ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij