मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    किमाथाङ्का (सङ्खुवासभा) ।  गए राति लाक्पा शेर्पाको  घर  आगलागी हुँदा  १५ लाख बराबरको क्षति भएको छ ।

    मादी नगरपालिका–३ थामेखर्क निवासी लाक्पाको तीन तले घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले  बताए । 

    आगलागीबाट शेर्पाको घरभित्र राखिएको नगद ५० हजार, दुई तोला सुन, ३० मुरी आलु, तीन मुरी धान, चार मुरी मकैलगायत अन्नपात, भाडार्वतन र लत्ताकपडा जलेर नष्ट भएको हो । 

    शेर्पा निदाइरहेको अवस्थामा आगलागी भएको तर, आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीको सूचना प्राप्त भएपछि प्रहरीचौकी मङ्गलबारेबाट प्रहरी सहायक निरीक्षक सुदेश चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको  थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij