नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो  पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो  पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो  पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

    काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलका आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

    अहिल उनको शव श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ । खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । उनी दम रोगबाट पीडित थिए । 

       विसं २००३ मा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिएका खरेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए । विसं २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट सांसद निर्वाचित भएका खरेलले शिक्षा मन्त्रालयको राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा समेत कार्यभार सम्हालिसकेका थिए । कांग्रेस राजनीतिमा उनी सादगी नेताका रुपमा परिचित थिए ।
     
    उनका तीन छोरा र छोरी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij