सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुंदैछ कारोवार ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुंदैछ कारोवार ?

आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुंदैछ कारोवार ?
    काठमाडौँ । सुनचाँदीको मूल्य आज सामान्य बढेको छ । सुन तोलामा ६०० र चाँदी ५० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  
     
    महासङ्घका अनुसार आज एक तोला सुनको मुल्य दुई लाख ८७ हजार ३०० कायम भएको छ । त्यसैगरी चाँदी तोलाको चार हजार ६९० मा कारोवार भइराखेको छ । शुक्रबार एक तोला सुन दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ६४० मा कारोबार भएको थियो ।
     
    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १५५ र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij