पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार
    बागमती । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८३-०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
     
    तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए । सरकारले पत्रकारहरूका लागि समाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि विनियोजित बजेटले उनीहरूको पेसागत सुरक्षाका लागि सहयोग पुग्ने बताउँदै सारुले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 
     
    उक्त कार्यक्रमसहित सञ्चार क्षेत्रको हित र प्रवद्र्धनका लागि विनियोजित विभिन्न कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पनि उनले आग्रह गरे । बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले मुलुकको समग्र विकासमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको महशुस गरेर स्वास्थ्य मन्त्रालयको प्रस्तावमा प्रदेश सरकारले रकम छुट्याएको बताए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij