लागुऔषधसहित ३१ जना पक्राउ

लागुऔषधसहित ३१ जना पक्राउ

आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • लागुऔषधसहित ३१ जना पक्राउ

    काठमाडौँ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।
     
    केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया र सुनसरीबाट पाँच÷पाँच, झापा र ललितपुरबाट चार÷चार, सिरहा र काठमाडौँबाट तीन÷तीन, कास्कीबाट दुई, धनुषा, नुवाकोट, पर्सा, सुर्खेत र बाँकेबाट एक÷एक जना पक्राउ परेका हुन् ।
     
    प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम र ट्रामाडोल बरामद गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij