काभ्रेमा दुर्घटनाबारे छानविन गर्न छानबिन समिति गठन

काभ्रेमा दुर्घटनाबारे छानविन गर्न छानबिन समिति गठन

शनिवार, जेठ ३० २०८३
शनिवार, जेठ ३० २०८३
  • काभ्रेमा दुर्घटनाबारे छानविन गर्न छानबिन समिति गठन

    काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ ।

    प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

    घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य/तथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको समितिलाई सात दिनको समय दिइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij