व्यवसायी भट्ट र अग्रवाललाई आठौँ पटक म्याद थप

व्यवसायी भट्ट र अग्रवाललाई आठौँ पटक म्याद थप

सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • व्यवसायी भट्ट र अग्रवाललाई आठौँ पटक म्याद थप

    काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक थप गरेको छ । 

    न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन÷तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

    सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालमा प्रतिवेदन बुझाइसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बिमासम्बन्धी कसुर र धितोपत्र ऐनसम्बन्धी कसुरमा छुट्टाछुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालमा बुझाइसकेको छ । सीआइबीले बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij