सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी– ‘चार वर्षमा १५ करोड बराबरको विकास गरियो ’

सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी– ‘चार वर्षमा १५ करोड बराबरको विकास गरियो ’

शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी– ‘चार वर्षमा १५ करोड बराबरको विकास गरियो ’

    भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चामा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा वडा अध्यक्ष लछुराम न्यौपानेले आफ्नो नेतृत्वमा विगत चार वर्षमा करिब १४–१५ करोड रुपैयाँ बराबरको विकास निर्माणका काम सम्पन्न भएको बताएका छन् । संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको सहयोगमा यतिकाम गर्न सकेको अध्यक्ष न्यौपानेको दावी थियो । अध्यक्ष न्यौपानेको ५ बर्षे कार्यकालको यो पाँचौं बर्ष हो ।

    WhatsApp Image 2026-06-05 at 5.35.16 PM (3).jpeg

    WhatsApp Image 2026-06-05 at 5.35.16 PM (2).jpeg

    राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा ८१ जना स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीयले विकास निर्माण, खानेपानी, सडक, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा नगरस्तरीय योजनाका विषयमा जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका थिए ।

    WhatsApp Image 2026-06-05 at 5.35.16 PM (1).jpegWhatsApp Image 2026-06-05 at 5.35.28 PM.jpeg

    ‘जनताको करले विकासको गति बढेको छ’
    वडा अध्यक्ष न्यौपानेले स्थानीयवासीको कर र सहयोगकै कारण वडाले विकासको गति लिएको बताउँदै सडक पिच, ढलान, ब्लक बिछ्याउने, सडक फराकिलो बनाउने लगायतका काम तीव्र रूपमा अघि बढाइएको बताए ।

    WhatsApp Image 2026-06-05 at 5.35.27 PM.jpeg

    ‘जनताको अपेक्षा र आफूले चुनावका बेला गरेको प्रतिबद्धता पूरा गर्न निरन्तर काम गरिरहेको छु,’ उनले भने । उनका अनुसार चालु आर्थिक वर्षमा वडाको बजेट सिलिङ २ करोड ६० लाख रुपैयाँ रहेको छ । वडामा साना तथा ठूला दुवै प्रकारका योजना सञ्चालन भइरहेका छन् ।

    WhatsApp Image 2026-06-05 at 5.35.27 PM (1).jpeg

    हनुमान टोलदेखि खड्का गाउँसम्म विकासका योजना
    अध्यक्ष न्यौपानेले गाम्चास्थित भिजन ब्याङ्क्वेट क्षेत्र र हनुमान टोलमा ८० लाख रुपैयाँको लागतमा ढलान कार्य सम्पन्न भएको जानकारी दिए । त्यस्तै खड्का गाउँदेखि तामाङ गाउँ जाने सडकमा ५० लाख रुपैयाँको लागतमा पर्खाल निर्माण गरिएको छ । 
    उनका अनुसार अनन्तलिङ्गेश्वर परिसरमा ४५ लाख रुपैयाँको विकास निर्माण कार्य सम्पन्न भएको छ भने शाही गणेश मन्दिर, चर्खण्डी र हिञ्चोक भैरव क्षेत्रको विकासमा पनि बजेट विनियोजन गरिएको छ । चित्रपुर आधारभूत विद्यालयमा गत वर्ष ३६ लाख रुपैयाँको काम सम्पन्न भएको र हाल ५६ लाख रुपैयाँ बराबरको थप निर्माण कार्य भइरहेको उनले जानकारी दिए।

    WhatsApp Image 2026-06-05 at 5.35.26 PM.jpeg

    नगर अस्पताल पुनः वडा नं. ४ मै ल्याइने
    नगर अस्पताल वडा बाहिर लगिएको विषयमा स्थानीयले चिन्ता व्यक्त गरिरहेका बेला अध्यक्ष न्यौपानेले सूर्यविनायकको नगर अस्पताल पुनः वडा नं. ४ मै ल्याउने तयारी भइरहेको बताए ।

    WhatsApp Image 2026-06-05 at 5.35.21 PM.jpeg

    ‘हालको नगर अस्पताल ट्रमा सेन्टरमा परिणत भएपछि नगर अस्पताल यही क्षेत्रमा पुनः सञ्चालन गरिनेछ,’ उनले स्पष्ट पारे ।

    अनन्तलिङ्गेश्वरलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य
    वडाको दीर्घकालीन योजनाबारे जानकारी दिँदै अध्यक्ष न्यौपानेले खोकुण्डोल–सिरुटार सडक स्तरोन्नति, पातलेटार–फुटसल मार्ग निर्माण तथा ढल व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए।

    WhatsApp Image 2026-06-05 at 5.35.20 PM.jpeg

    ढल प्रशोधन केन्द्रसँग जोड्ने उद्देश्यले तीन वटा डीपीआर तयार भइरहेको जानकारी दिँदै उनले अनन्तलिङ्गेश्वर क्षेत्रलाई कास्कीको प्रसिद्ध पुङ्दीकोट जस्तै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताए । यसका लागि पिकनिक स्पट निर्माणका लागि समेत बजेट माग गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।

    WhatsApp Image 2026-06-05 at 5.35.18 PM (1).jpeg

    स्मार्ट सिटी योजना स्थगित गराउन पहल
    प्रश्नोत्तर सत्रमा स्थानीयवासीले २०७२ सालदेखि स्मार्ट सिटी योजनाको नाममा घर निर्माण तथा जग्गा किनबेचमा रोक लगाएर दुःख दिइएको गुनासो गरेका थिए । त्यसको जवाफमा अध्यक्ष न्यौपानेले स्मार्ट सिटीको अवधारणा तत्कालका लागि स्थगित गराउन आफूले विभिन्न तहमा पहल गरेको जानकारी दिए ।

    WhatsApp Image 2026-06-05 at 5.35.18 PM.jpeg

    वडाले १ करोड ८९ लाख राजश्व संकलन
    कार्यक्रममा वडा सचिव तोरण रानाले वडाले प्रदान गरिरहेको सेवाबारे जानकारी दिँदै हालसम्म ७६ वटा घटना दर्ता, १० वटा मृत्यु दर्ता तथा १ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन भएको जानकारी दिए । उनका अनुसार वडामा हाल १० वटा योजना कार्यान्वयनमा रहेका छन् भने ८ वटा योजना सम्झौताको प्रक्रियामा छन् ।

    WhatsApp Image 2026-06-05 at 5.35.19 PM (1).jpeg

    महिलाहरू तालिममा नआउने गुनासो
    वडा सदस्य तथा कार्यपालिका सदस्य तारा सापकोटाले महिलालाई लक्षित गरी विभिन्न सीपमूलक तथा आयआर्जनसम्बन्धी तालिम सञ्चालन गरिए पनि अपेक्षाअनुसार सहभागिता नदेखिएको गुनासो गरिन् । ‘हामीले धेरै प्रकारका तालिम सञ्चालन गरिरहेका छौं, तर सहभागी बन्न महिलाहरूको चासो न्यून देखिएको छ,’ उनले भनिन् ।

    WhatsApp Image 2026-06-05 at 5.35.20 PM (1).jpeg

    पूर्वाधार प्रमुखको प्रस्तुति चर्चित
    नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर जनक न्यौपानेले सहभागीका प्रश्नको विस्तृत जवाफ दिएका थिए । उनले वडामा सञ्चालित योजनाहरूको प्रगति, नगरस्तरीय पूर्वाधार आयोजना तथा भावी योजनाबारे तथ्यसहित जानकारी गराएका थिए ।

    WhatsApp Image 2026-06-05 at 5.35.16 PM.jpeg

    उनको आत्मविश्वासपूर्ण र स्पष्ट प्रस्तुति कार्यक्रमका सहभागीबीच विशेष रूपमा प्रशंसित बनेको थियो ।

    कार्यक्रममा सहभागी १६ जनाले विभिन्न विषयमा प्रश्न तथा सुझाव राखेका थिए । उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष लछुराम न्यौपाने, पूर्वाधार प्रमुख जनक न्यौपाने, दधिकोट बृहत् सहरी खानेपानी आयोजनाका अध्यक्ष कृष्णहरि खड्का तथा वडा सदस्य तारा सापकोटाले दिएका थिए ।

    WhatsApp Image 2026-06-05 at 5.35.14 PM (1).jpeg

    कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्य प्रकाश पारेका थिए । त्यसैगरी कार्यक्रमको सभापतित्व राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यले गरेका थिए भने सञ्चालन संस्थाका सचिव हेमराज ढकालले गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij