रोल्पा । रोल्पामा भएको जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ। बिहीबार बिहान ८ बजे जिल्लाको माडी गाउँपालिका–२ घर्ती गाउँको व्याङखोला नजिकै सो दुर्घटना भएको हो ।
जिप सडकबाट करिव ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।
मृत्यु हुनेमा दुई जना पुरूष र एक जना महिला रहेका छन्।
मृतकको पहिचान खुलिसकेको भने छैन। गाडी भिरालोमा रहेकाले नम्बर खुल्न नसकेको बताइएको छ । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा परेको बोलेरोमा जस्ता पाता, पाइप लगाएका सामग्री फेला परेको छ।