कर्जा दुरूपयोग कसुरमा पाण्डे पक्राउ

कर्जा दुरूपयोग कसुरमा पाण्डे पक्राउ

बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • कर्जा दुरूपयोग कसुरमा पाण्डे पक्राउ

    काठमाडौँ । कृत्रिम व्यवसाय खडा गरी पटकपटक कर्जा दुरूपयोग गरेको कसुरमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष तथा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेसका सञ्चालक ओमप्रसाद पाण्डेलाई पक्राउ गरिएको छ ।
     
    काठमाडौँ महानगरपालिका–९ रातोपुलका  पाण्डेलाई आज पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो ।
     
    बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उनीविरुद्ध उच्च अदालत पाटन ललितपुरबाट २०८२ मङ्सिर २८ गते पक्राउ पूर्जी जारी भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij