सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर, घरआँगनमा विशेषज्ञ सेवा पाउँदा स्थानीय दंग

सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर, घरआँगनमा विशेषज्ञ सेवा पाउँदा स्थानीय दंग

बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर, घरआँगनमा विशेषज्ञ सेवा पाउँदा स्थानीय दंग

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका -८  सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।   स्थानीय स्वास्थ्य चौकीमा बुधबार एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । 

    WhatsApp Image 2026-06-03 at 7.53.47 PM.jpeg

    वडाध्यक्ष पुष्पराज बस्नेतको विशेष पहलमा आयोजित शिविरमा स्थानीयले घरआँगनमै  विशेषज्ञ सेवा पाएकोमा खुसी प्रकट गरे ।  ूदिगो विकास व्यवस्थित शहरस् स्वच्छ समृद्ध सूर्यविनायक नगरू भन्ने मूल नारालाई आत्मसाथ गर्दै सूर्यविनायक नगरपालिका ८ नं। वडा कार्यालयको आयोजना र सिपाडोल स्वास्थ्य चौकीको व्यवस्थापनमा सो शिविर सञ्चालन गरिएको हो । 

    WhatsApp Image 2026-06-03 at 7.53.53 PM (1).jpeg

    वडाअध्यक्ष पुष्पराज बस्नेतका अनुसार, काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुरका विशेषज्ञ चिकित्सकले सेवा दिएको शिविर बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन भएको थियो । शिविरमा जम्मा दुई सय ५८ जनाको स्वास्थ्य परिक्षण तथा उपचार  गरिएको वडाअध्यक्ष बस्नेतले जानकारी दिए । 

    WhatsApp Image 2026-06-03 at 7.53.48 PM (1).jpeg

    WhatsApp Image 2026-06-03 at 7.53.56 PM (1).jpeg

    विभिन्न रोगका विशेषज्ञ सेवा तथा परीक्षणहरु निःशुल्क रुपमा उपलब्ध गराइएको शिविरमा १०२ जनाले जनरल मेडिसिन,  ९० जनाले हाडजोर्नी तथा नशा,  ७५ जनाले स्त्री रोग र ६० जनाले नाक, कान, घाँटीको उपचार गराएका थिए । त्यसैगरी ४१ जनाले आँखा रोग,  ३५ जनाले शल्यक्रिया (सर्जरी) सेवा, ३० जनाले दन्त रोग र २० जनाले बाल रोग सेवा लिएको वडाअध्यक्ष बस्नेतले जानकारी दिए । 

    WhatsApp Image 2026-06-03 at 7.53.55 PM (1).jpeg

    यसका साथै, बिरामीहरुको रोग पहिचानका लागि शिविरमै निःशुल्क ल्याब परीक्षण, भिडियो एक्स(रे तथा ई।सि।जि। सेवा पनि उपलब्ध गराइएको थियो ।  जसअन्तर्गत १०० जनाले भिडियो एक्स(रे, ८७ जनाले ल्याब सेवा र ६३ जनाले ई.सि.जि. सेवा प्राप्त गरेका थिए । 

    WhatsApp Image 2026-06-03 at 7.53.57 PM (1).jpeg

    शिविरमा आएका बिरामीलाई औषधि समेत निःशुल्क वितरण गरिएको थियो । वडा कार्यालय र स्वास्थ्य चौकीले अत्यन्तै सराहनीय कार्य गरेको स्थानीयको भनाई छ । सिपाडोल स्वास्थ्य चौकीका इन्चार्ज पुष्पराज ठाकुरको सक्रियतामा शिविरको व्यवस्थापन र बिरामीलाई सेवा प्रवाह चुस्त र दुरूस्त बनाइएको थियो।

    WhatsApp Image 2026-06-03 at 7.53.52 PM (1).jpeg

    WhatsApp Image 2026-06-03 at 7.53.47 PM (2).jpeg

    WhatsApp Image 2026-06-03 at 7.53.58 PM.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij