स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    सुरुङ्गा । मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशी र त्यसमा सवार माझीलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल पु¥याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij