नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना

नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना

बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना

    मलेखु । यहाँस्थित त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ ।

    बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    प्रहरीका अनुसार, दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी र सल्यानटातर्फ पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij