नेविसङ्घ अध्यक्षमा कटुवाल नियुक्त

नेविसङ्घ अध्यक्षमा कटुवाल नियुक्त

सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • नेविसङ्घ अध्यक्षमा कटुवाल नियुक्त

    काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छिन् । पार्टी सभापति गगनकुमार थापाले उनलाई पार्टीको विधानअनुसार आज नियुक्त गरेका हुन् । 

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम कांग्रेसको विधानअनुसार म्याद समाप्त भई स्वतः विघटन भएको नेविसङ्घको अध्यक्षमा कटुवाललाई नियुक्त गरिएको हो ।

    अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी पनि तोकिएको  छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij