संसद्‌मा भएको तोडफोडको छानबिन गर्न समिति गठन

संसद्‌मा भएको तोडफोडको छानबिन गर्न समिति गठन

सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • संसद्‌मा भएको तोडफोडको छानबिन गर्न समिति गठन

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठककले संसदको  आइतबारको   बैठकमा सांसद सदस्यले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको  भन्दै तीन सदस्य छानबिन समिति गठन गरेको  छ ।

    सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेका हुन् ।

    उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउनु भनिएको छ ।
     
    प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदले  अमार्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षतिसमेत पु¥याउने काम गरेको सभामुखले जानकारी गराए ।
     
    प्रतिपक्षले आजपनि  सदन अवरुद्ध गरेपछि सोमबारका  लागि तय भएका बैठकको कार्यसूचीका विषयहरु हटाइएको छ ।

    प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १९ गते १ बजे बस्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij