बेंगलुरुले जित्यो लगातार दुई पटक आईपीएलको उपाधि, गुजरात ५ विकेटले पराजित

बेंगलुरुले जित्यो लगातार दुई पटक आईपीएलको उपाधि, गुजरात ५ विकेटले पराजित

सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • बेंगलुरुले जित्यो लगातार दुई पटक आईपीएलको उपाधि, गुजरात ५ विकेटले पराजित

    काठमाडौं । साविक बिजेता रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल(२०२६ को उपाधि जितेको छ । गएराती अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनल खेलमा  गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक आईपीएलको उपाधि उचालेको हो  

    टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दिएको  आठ विकेटको क्षतिमा १५५  रनको मध्यम स्कोर बनाएको थियो । बेंगलुरुले १५ ओभरमै ५ विकेटको क्षतिमा १६१ रन बनाउँदै जित हात पार्यो ।

    बेंगलुरुको जितका  विराट कोहली नायकबने । २५ बलमै अर्धशतक पूरा गरेका कोहिलिलेअविजित ७५ रनको महत्वपूर्ण इनिङ खेले । तयस क्रममा कोहलीले आईपीएल फाइनलमा  तीव्र गतिको अर्धशतकको कीर्तिमान समेत बनाए ।  

    बेंगलुरुका प्रारम्भिक ब्याटर वेनकटेश अय्यरले ३२ र टिम डेविडले २४ रनको योगदान दिए । राशिद खानले एकै ओभरमा दुई विकेट लिएपनि गुजरातलाई जित दिलाउन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सको सुरुवात निकै फितलो रह्यो । 

    निर्धारित २० ओभरमा गुजरातले ८ विकेट गुमाएर १५५ रन मात्र जोड्न सक्यो । टोलीका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ५० रनको अविजित पारि खेले पनि अन्य प्रमुख ब्याटरहरू सस्तैमा समेटिए ।  

    कप्तान शुभमन गिल १२ र साई सुदर्शन १० रनमै आउट भए भने जोस बटलर १९ र निशांत सिन्धु २० रन बनाएर पेभिलियन फर्किए । बेंगलुरुका बलर रसिख सलामले घातक बलिङ गर्दै ३ विकेट लिए भने भुवनेश्वर कुमार र जोस हेजलवुडले समान दुई  विकेट हात पारे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij