इनार खन्ने क्रममा एकको मृत्यु

इनार खन्ने क्रममा एकको मृत्यु

आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • इनार खन्ने क्रममा एकको मृत्यु

    जलेश्वर  ।  महोत्तर जिल्लाको गौशाला नगरपालिका– १२ पडरिया गाउँमा आज इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा सर्लाही, ईश्वरपुर नगरपालिका–१३ बस्ने २२ वर्षीय मजदुर वसन्तकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए । 

    जमिनको सतहदेखि करिब ३६ फिट तल काठको ठूटो काट्नका लागि ईनारभित्र पस्दा उनको निस्सासिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोलेले बताए ।

    इनारभित्र निस्सासिएर बेहोस भएका महतोलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि  ईश्वरपुर नगर अस्पताल, बयलबासमा पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।  घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij