खप्तडी बुढाथोकी क्षेत्री समाज काभ्रेको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

खप्तडी बुढाथोकी क्षेत्री समाज काभ्रेको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • खप्तडी बुढाथोकी क्षेत्री समाज काभ्रेको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

    काभ्रे । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्यसमिति (केविएस) काभ्रेपलान्चोकको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बनेपामा भएको साधारणसभाले जिल्ला कार्यसमितिको नयाँ अध्यक्षमा एक बहादुर बुढाथोकीलाई चयन गरेको छ ।

    बरिष्ट उपाध्यक्ष सुनिल बुढाथोकी, उपाध्यक्ष ज्ञानबहादुर बुढाथोकी, सचिव प्रविन बुढाथोकी, सहसचिव उर्मिला बुढाथोकी र कोषाध्यक्षमा सन्दिप बुढाथोकी चयन भएका छन् ।
    त्यसैगरी सदस्यहरुमा बिर्खबहादुर बुढाथोकी, अनिल बुढाथोकी, प्रकाश बुढाथोकी, खम्बबहादुर बुढाथोकी, नारायण बुढाथोकी चन्द्रकला बुढाथोकी, कुमार बुढाथोकी र भीमबहादुर बुढाथोकी र सुरेन्द्र बुढाथोकी रहेका छन् ।

    त्यसैगरी प्रमुख सल्लाहकारमा तिलक बहादुर बुढाथोकी चयन भएका छन् । सभा अन्तर्गत बन्दसत्रले अध्यक्ष रामहरी बुढाथोकी र सचिब सुनिल बुढाथोकीले पेश गरेको सांगठनिक र आर्थिक प्रतिवेदन समेत अनुमोदन गरेको छ ।

    सभामा खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका केन्द्रीय उपाध्यक्ष पुष्करराज बुढाथोकीले नेपाल र बिश्वका बिभिन्न भुगोलमा छरिएर रहेका सम्पुर्ण कौशिक (कौशिला,कौशल्या)गोत्रका खप्तडी बुढाथोकी ,बुढाक्षेत्री,बुढा ,र बि.सी.कुल बंशका परिवारका बन्धुबीच हातेमालो गर्न समाजले मियोको काम गरेको बताए ।

    708951436_1962645914613406_1203401381574875459_n.jpg

    नेपालका जातिय वर्गीकरणअनुसार क्षत्रीय जातमा पर्ने थर ÷बुढाथोकी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषत नेपालीहरूको थर भएको उनले बताए ।देशभर ६१ भन्दा बढी जिल्लामा बुढाथोकीको समिति बनेको उनको भनाई छ ।

    जिल्ला कार्य समितिका निबर्तमान अध्यक्ष रामहरी बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कर्यक्रमका बागमति प्रदेश अध्यक्ष पदमबहादुर बुढाथोकी, केन्द्रीय सल्लाहकार कुमार बुढाथोकी, प्रदेश बरिष्ठ उपाध्यक्ष नरबहादुर(नविन) बुढाथोकी र बागमती प्रदेशका सहसचिब कुण्डलबिक्रम  बुढाथोकी लगायतले साधारणसभाको सफलताको कामना गरेका थिए ।

    काभ्रे जिल्लामा खप्तडीबुढाथोकी  क्षेत्रीहरु अनुमानित  दुई सय घरपरिवार रहेका छन् ।
     
    खप्तडी बुढाथोकीहरू मूलतः खस क्षेत्री हुन् । पू्र्वमा भारतको असाम राज्यसम्म बुढाथोकीहरूका बसोबास भएको पाइन्छ । नेपालमा बढी संख्यामा जुम्ला, हुम्ला,अछाम, दैलेख,सल्यान, दाङ, दोलखा, रामेछाप, ओखलढुंगा, खोटाङ र झापा जिल्लामा बुढाथोकीहरूको बसोबास रहेको पाइन्छ ।

    बुढाथोकीहरू अन्य खस क्षेत्रीहरू झै खप्परमष्ट पुजक हुन् । बुढाथोकीहरूले पनि मूलतः कुलदेवता पूजा वा देवाली गर्ने गर्छन् । नेपालमा मानिने सनातन हिन्दु धर्मअनुसारका सबै पर्व मान्ने गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij