लुटेरा समात्न काठमाडौंमै गोली प्रहार, घाईते कार्कीको उपचार हुँदै

लुटेरा समात्न काठमाडौंमै गोली प्रहार, घाईते कार्कीको उपचार हुँदै

आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • लुटेरा समात्न काठमाडौंमै गोली प्रहार, घाईते कार्कीको उपचार हुँदै

    काठमाडौं । प्रहरीले गोली चलाएर काठमाडौंको जडिबुटीबाट  एक लुटेरा पक्राउ गरेको छ । जडिबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै गोली प्रहार गरेर शनिबारराती काठमाडौंको भद्रकाली घर भएका गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो । 

    पक्राउ परेका कार्कीको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शनिबार दिउँसो सुकेधारमा एक महिलाबाट सुनसहितका गरगहना लुटपाट भएको थियो । 

    सो घटनामा सलग्न एक जनालाई प्रहरीले दिउँसै काठमाडौंबाट पक्राउ गरेको थियो । लुटपाटमा संलग्न कार्कीलाई भने साझ जडिबुटीबाट गोली चलाएर पक्राउ गरिएको प्रहरीको भनाई छ ।घाइते कार्कीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij