पूर्वप्रधानमन्त्री प्रचण्ड मेडिसिटी अस्पतालमा भर्ना

पूर्वप्रधानमन्त्री प्रचण्ड मेडिसिटी अस्पतालमा भर्ना

शनिवार, जेठ १६ २०८३
शनिवार, जेठ १६ २०८३
  • पूर्वप्रधानमन्त्री प्रचण्ड मेडिसिटी अस्पतालमा भर्ना

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।

    उनलाई आज ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

    आचार्यका अनुसार प्रचण्डलाई पछिल्ला तीन दिनदेखि सामान्य रुघाखोकी र ज्वरो देखिएको थियो। थप स्वास्थ्य परीक्षणका क्रममा निमोनिया तथा रगतमा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको हो।

    निमोनियाको उपचार अस्पतालमै बसेर गर्दा प्रभावकारी हुने चिकित्सकहरूको सुझावपछि उनलाई अस्पतालमा राखिएको बताइएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव आचार्यले बताएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij