चाँगुनारायणलाई ‘योगनगर’ घोषणा

चाँगुनारायणलाई ‘योगनगर’ घोषणा

आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • चाँगुनारायणलाई ‘योगनगर’ घोषणा

    भक्तपुर ।भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्र चाँगुनारायण नगरपालिकालाई आज ‘योगनगर’ घोषणा गरिएको छ ।    
                          
    चाँगुनारायण नगरपालिका–७ स्थित विद्युत् तालिम केन्द्र, खरीपाटीमा आज नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घोषणापत्र वाचन गर्दै चाँगुनारायणलाई ‘योगनगर’ घोषणा गरेका हुन् । उनले सो अवसरमा ‘चाँगु योग ज्योति सन्देश’ स्मारिकाको विमोचन समेत गरे । 

    बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले योगनगर घोषणाले चाँगुनारायणको पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । पतञ्जली योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले सामूहिक योग साधना गराउनुभएको थियो । कार्यक्रमको समापन गर्दै सभापति एवं नगरप्रमुख  जीवन खत्रीले चाँगुनारायणका नगरवासीको स्वास्थ्य, सकारात्मक सोच र समृद्धिका लागि नगरपालिकाले योगलाई प्राथमिकतामा राखेको बताए । 

    सङ्घीय सांसद गुरु बराल, पतञ्जली योग समिति नेपालका राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदी, बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, प्रादेशिक योग समितिका विज्ञ सदस्य नवराज काफ्ले, योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वनिलगायतले योगको महत्वमाथि प्रकाश पारेको थियो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij