पोखरामा ५७५ र पनौतीमा १३७ सुकुमवासीकाे विवरण सङ्कलन

पोखरामा ५७५ र पनौतीमा १३७ सुकुमवासीकाे विवरण सङ्कलन

शनिवार, जेठ ९ २०८३
शनिवार, जेठ ९ २०८३
  • पोखरामा ५७५ र पनौतीमा १३७ सुकुमवासीकाे विवरण सङ्कलन

    काठमाडाैं । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका ५७५ जनाले महानगरमा आफ्नो विवरण दर्ता गराएका छन् । महानगरले वास्तविक सुकुमवासी पहिचानका लागि तीन दिनभित्र विवरण बुझाउन सूचना जारी गरेको थियो । महानगर प्रमुख धनराज आचार्यले छानबिनपछि वास्तविक सुकुमवासीको व्यवस्थापन गरिने बताएका छन् । बसपार्क निर्माणका लागि छुट्टाइएको २०५ रोपनी जग्गा अतिक्रमणका कारण हाल २६ रोपनीमा सीमित भएको जनाइएको छ ।

    यता पनौती नगरपालिकामा विभिन्न वडाका १३७ सुकुमवासी परिवारले व्यवस्थापनका लागि निवेदन दिएका छन् । नगरपालिकाले विशेषगरी रोशी खोला किनारका जोखिमयुक्त बस्तीलाई प्राथमिकतामा राख्दै स्थानान्तरण प्रक्रिया अघि बढाएको जनाएको छ । नगरप्रमुख रामशरण भण्डारीका अनुसार वर्षायाममा बाढी र कटानको जोखिम बढ्ने भएकाले नागरिक सुरक्षालाई ध्यानमा राखेर व्यवस्थापन थालिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij