भक्तपुरको ताथलीमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुँने

भक्तपुरको ताथलीमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुँने

शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • भक्तपुरको ताथलीमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुँने

    भक्तपुर । चाँगुनारायण नगरपालिका.९ ताथलीमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुने भएको छ । स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत सांगीतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले जेठ १६ गते शनिबार ताथलीको फैढोकामा खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुने भएको हो । 

    स्थानीय वडा कार्यालयले आयोजना गर्ने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक रविन बासुकला, वडा अध्यक्ष गणेश त्यात, 
    कार्यपालिका सदस्य कमला गिरि  तथा वडा सचिव सपना श्रेष्ठले स्थानीय मौलिक बाजा संस्कृतिको संरक्षणमा प्रतियोगिता महत्वपूर्ण हुने बताए । कार्यक्रम संयोजक रविन बासुकलाले आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीका कारण परम्परागत बाँसुरी बाजा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । 

    नयाँ पुस्तालाई मौलिक बाजा संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइने ंयोजक बासुकलाको भनाइ थियो । स्थानीय कला, संस्कृति र सांगीतिक परम्परा समुदायको पहिचानसँग जोडिएको बताउँदै कार्यपालिका सदस्य कमला गिरिले यस्ता प्रतियोगिताले सांस्कृतिक जागरण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । 

    वडा अध्यक्ष गणेश त्यातले ताथली तथा आसपास क्षेत्रमा प्राचीनकालदेखि विभिन्न जात्रा, पर्व तथा धार्मिक–सांस्कृतिक कार्यमा बाँसुरी बाजाको विशेष महत्व रहेको उल्लेख गर्दै वडा कार्यालयले संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरेको बताए । प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउनवडा कार्यालयले  चालू आर्थिक वर्षको वजेटमा  ५ लाख रूपैयाँ विनियोजन गरिएको अध्यक्ष त्यातले जानकारी दिए । 

    वडा सचिव सपना श्रेष्ठले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न ११ वटा उपसमिति गठन गरिएको जानकारी दिँदै सम्पूर्ण सरोकारवाला निकाय, सञ्चारकर्मी तथा स्थानीय समुदायबाट सहयोगको अपेक्षा गरिएको बताइन् ।

    प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार तथा सान्त्वना पुरस्कारस्वरूप ५ हजार नगद पुरस्कार ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले बताइन् । 

    c41d2de8-b25c-4eb0-84b5-c012a921ef07.jfif

    प्रतियोगितामा सहभनगि हुन एक सय रूपैयाँसिहत जेठ १३ गतेसम्म दर्ता हुनुपर्ने बताइएको कायम छ । बढीमा २० टोलीलाई मात्र सहभागिता गराइने र प्राथमिकता प्रि(बुकिङ तथा फाराम दर्ताका आधारमा दिइने आयोजकले जनाएको छ । 

    प्रतियोगितामा प्रत्येक समूहमा कम्तीमा ९ जना र बढीमा १५ जना सहभागी हुनुपर्नेछ । कम्तीमा ७ जना बाँसुरीवादक अनिवार्य रहने तथा प्रत्येक समूहमा १ जना व्यवस्थापक वा गुरु हुनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा मौलिक तथा परम्परागत धुन मात्रै प्रस्तुत गर्न पाइनेछ भने मिक्स धुन निषेध गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij