महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान

महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान

शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन्। 

    आज यहाँ सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत प्राप्त गरी विजयी हुनुभयो भने रामचन्द्र सङ्घाईले ३० मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र सङ्घाई र हेमराज ढकालले मनोनयन गर्दा गर्नुभएको थियो । तर ढकालले पछि उम्मेवारी फिर्ता लिए ।

    कोषाध्यक्ष पदमा विजयी मनिषलाल प्रधानले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे । 

    छ जना केन्द्रीय सदस्य मनोनित

    महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आजै दुई जना महिलासहित छ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । मनोनित हुनेहरूमा शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहेका छन् । 

    महासङ्घको विधान धारा २९ को ९च० १० को व्यवस्थाअनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुई जना महिलासहित सात जना सदस्य मनोनित गर्न पाउने प्रावधान छ । विधानतः बाँकी रहेको एक सदस्य पदमा भने मनोनय गर्न बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij