काठमाडौ । भक्तपुरसहितका पाँच जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडियो) सरूवा भएका छन् । मन्त्री परिषदले छ जना सहसचिवको सरुवा गर्दा पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो ।
सरूवा सूचि अनुसार, विनोद कुमार खड्कालाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । त्यस्तै अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थलका प्रमुख अध्यागमन अधिकृत निश्चलराज पाण्डेलाई दाङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।
यसैगरी, कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेलाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा सरूवा गरिएको छ । यसैगरी, ललितपुरको प्रमुख जिल्ला अधिकारीमा नरहरि घिमिरे सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै, रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा विश्व प्रकाश अर्यालको सरुवा भएको छ । भक्तपुरका सिडियो उमेश ढकालको तिन साताअघि बागमती प्रदेश सचिवमा सरूवा भएको थियो । भक्तपुरमा सिडियो सरूवा भएर नआउँदा ढकालले रमाना लिएका थिएनन् ।