लमजुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु १२ घाइते

लमजुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु १२ घाइते

शनिवार, चैत्र २१ २०८२
शनिवार, चैत्र २१ २०८२
  • लमजुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु १२ घाइते

    काठमाडौं । लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । थप १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 

    जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी भन्ने ठाउँमा शनिबार साँझ पौने ६ बजे दुर्घटनामा परेको हाे । उकालो चढिरहेको जिप सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको थियो । 

    जिपमा चालकसहित १४ जना सवार रहेका थिए । घाइतेलाई उद्धार गरेर उपचार गर्न लैजाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    मृतकमा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी गुरुङ र सोही ठाउँकी ३४ वर्षीय पुष्पा घले रहेको प्रहरीले जनाएको छ । 

    घाइतेमध्ये गम्भीर रहेका तीन जनालाई चितवन रेफर गरिएको छ । चालक करण अधिकारी पनि घाइते रहेकाले दुर्घटनाकाे कारण खुलिनसकेको प्रहरीको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij