काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा ड्रोन र मिसाइलकाे अवशेष खसेर लाग्दा ७ नेपाली घाइते भएका छन् । इरानी क्षेप्यास्त्र निस्तेज पार्ने क्रममा खसेको टुक्राले लागेर उनीहरू घाइते भएका हुन् ।
घाइतेमध्ये ६ जनाकाे अवस्था सामान्य र अर्का एक नेपाली गम्भीर घाइते रहेको बताइएको छ। गल्फ न्युजका अनुसार आबुधाबीको अजबान क्षेत्रमा साे घटना भएको हो।
यूएईको वायुसेनाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोन निस्तेज पार्नेक्रममा त्यसका टुक्राहरु उनीहरु भएको ठाउँमा खस्दा घटना हुनपुगेको बताइएको छ ।
अबुधाबी मिडिया अफिसले जनाएअनुसार शुक्रबार अपरान्ह भएको साे घट्नामा परेर ५ भारतीय नागरिकसमेत घाइते भएका छन्।