शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

शनिवार, चैत्र २१ २०८२
शनिवार, चैत्र २१ २०८२
  • शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

    काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अग्रवाललाई पक्राउ गरेको हाे । 

    सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको बताइएको छ । विभागले केहिघण्टा बयान लिएर उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ । 

    शंकर अग्रवालले पछिल्लो समय छोराहरू साहिल र सुलभसहित व्यवसायी दीपक भट्टसँग साझेदारीमा अफ्नो व्यवसाय विस्तार गर्दै आइरहेका थिए।अग्रवाललाई बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका व्यवसायी भट्टसँग जोडिएको मुद्दामा छानविन गर्न पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ।  

    सम्पत्ति शुद्धीकरणकै क्रममा बिहीबार पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौँले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियाे । भट्टसहित उनका साझेदारलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ अर्ब बढीको विगोसहित मुद्दा चलाउने तयारी गरेको बताइएको छ। 

    बालेन सरकार बनेको एक सातामा भट्टपछि पक्राउ परेका अग्रवाल दोस्रो व्यवसायी हुन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij