डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

    दमौली  । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । 

    भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो । 

    जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि  राति ९ः०० बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij