सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति ?

सोमवार, चैत्र १९ २०८०
सोमवार, चैत्र १९ २०८०
  • सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ । चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले सोमबार फेरी नयाँ रेकर्ड कायम गरेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेर १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ  ।

    आइतबार छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij