सभामुखको निर्वाचन चैत्र २२ गते गर्ने सहमति

सभामुखको निर्वाचन चैत्र २२ गते गर्ने सहमति

बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • सभामुखको निर्वाचन चैत्र २२ गते गर्ने सहमति

    काठमाडौं । सभामुखको निर्वाचन चैत्र २२ गते गर्ने सहमति भएको छ । दलहरूबीच बिहीबार बस्ने पहिलो बैठकमा सभामुख निर्वाचनको विषयमा प्रस्ताव ल्याउने सहमति दलहरूबीच भएको हो । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीले सभामुखको निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने गरी तालिका ल्याउने सहमति भएको बताए । 

    यसैगरी, संसदीय समितिहरूमा सकेसम्म सबै दलको प्रतिनिधित्व होस् भन्ने विषयमा पनि छलफल भएको बुर्लाकोटीले बताए । बैठक सञ्चालनका लागि नियमावली नयाँ बनाउनुपर्नेमा अर्को नियमावली नआएसम्म पुरानैबाट काम चलाउने र छिट्टै नयाँ नियमावली ल्याउने विषयमा छलफल भएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij