भारी बर्षापछि बिपी राजमार्गमा यातायात सञ्चालनमा रोक

भारी बर्षापछि बिपी राजमार्गमा यातायात सञ्चालनमा रोक

बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • भारी बर्षापछि बिपी राजमार्गमा यातायात सञ्चालनमा रोक

    काठमाडौं । बिपी राजमार्गमा मंगलबार साँझदेखि  यातायात सञ्चालनमा रोक लगाइएको छ। मंगलबार साँझ ७ बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षा भएपछि  सवारी आवागमनमा अनिश्चितकालीन रोक लगाइएको हो । 

    रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। काठमाडौंबाट पुर्व हिडेका गाडी धुलिखेल, काभ्रेभञ्ज्याङमा रोकिएको छ । काठमाडौ आउने सवारी साधन  सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरिएको प्रहरीले जनाएको छ। 

    यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij