काठमाडौं । मुगुमा बिहान सवेरै भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
मुगुको धैनकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि गएको चैत १४ मा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।