दार्चुलाको जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुलाको जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • दार्चुलाको जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

    दार्चुला । दार्चुलामा भएको जिप दुर्घटनामा परेर सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु भएको हो । 

     जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो । कामको सिलसिलामा उनीहरू काडापारीबाट ओसिलतर्फ जाने क्रममा दुर्घट्ना भएको जनाइएको छ । 

    दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रशरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij