सुन तोलामा छ हजार ७०० बढ्यो, कतिमा हुंदैछ कारोवार ?

सुन तोलामा छ हजार ७०० बढ्यो, कतिमा हुंदैछ कारोवार ?

मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • सुन तोलामा छ हजार ७०० बढ्यो, कतिमा हुंदैछ कारोवार ?

    काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा छ हजार ७००  र चाँदी १४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ पुगेको छ । 

    त्यसैंगरी चाँदीको मूल्य चार हजार ८४५ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ७०० मा कारोबार भएको थियो । 

    गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij