पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बृद्वी

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बृद्वी

बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बृद्वी

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । अन्तर्राष्ट्रिय वजारमा निरन्तर मुल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । बिहिबार बिहानदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको जनाएको छ ।

    बढेको मुल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ । 

    मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भएका कारण त्यस अनुसार मुल्य बढाउन नसक्दा निगमले एक महिनामा छ अर्व रूपैयाँ नोक्सान व्यहोर्नुपरेको जनाएको छ ।

    oil.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij