सिकार खेल्न गएको  १६ दिनपछि शव फेला, पाँच जना अझै सम्पर्कबिहिन

सिकार खेल्न गएको  १६ दिनपछि शव फेला, पाँच जना अझै सम्पर्कबिहिन

मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • सिकार खेल्न गएको  १६ दिनपछि शव फेला, पाँच जना अझै सम्पर्कबिहिन

    काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज सिकार खेल्न गएका एक जना १६ दिनपछि सोमबार मृत भेटिएका छन् । फागुन २३ गते सिकार खेल्न गएका अन्य पाँचजना अझै वेपत्ता छन् । 

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, टोपबहादुर खत्रीको शव ठाकुरबाबा नगरपालिका(२ झाँक्री खोलामा फेला परेको हो । खत्रीसँगै सिकार खेल्न गएका समूहका पाँचजना अझैसम्म सम्पर्कमा आएका छैनन् । 

    सम्पर्कविहीन भएकामा २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील समसेली र ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।इलाका प्रहरी कार्यालय बग्नाहा, बर्दियाका अनुसार, घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ । 

    हराइरहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।सुर्खेत बराहताल गाउँपालिका–२ निवासी ३३ वर्षीय टोपबहादुर खत्रीसहितको टोली गत २३ फागुनमा सिकार खेल्ने उद्देश्यले घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ गएका थिए । 

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, अनुसन्धानको लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको नेतृत्वमा प्रारम्भिक टोली खटाइएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij