सुन तोलामा ६ हजार ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन तोलामा ६ हजार ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • सुन तोलामा ६ हजार ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार  ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन तोलामा दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँले घटेर चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा चार हजार ५४० रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij