त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु अहिलेसम्मकै धेरै

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु अहिलेसम्मकै धेरै

शनिवार, पौष २८ २०८०
शनिवार, पौष २८ २०८०
  • त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु अहिलेसम्मकै धेरै

    काठमाडौं । त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आवागमन ३०.१८ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा ४५ लाख ४१ हजार १३७ जना यात्रुको आवागमन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो । 

    कोभिड महामारी शुरू हुनुभन्दा अगाडि २०१८ को भन्दा ४.५ प्रतिशतले वृद्धि भएको महाप्रबन्धक तिवारीले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रियतर्फ उडानको संख्या ३१ हजार ४६० रहेको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा २९.४० प्रतिशतले बढी हो । तर कोभिड अगाडि सन् २०१८ को भन्दा १०.७६ ले कम रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

    यस्तै, आन्तरिकतर्फ यात्रु आवागमन तथा उडान अवतरण घटेको छ । सो वर्ष यात्रु आवागमन ४१ लाख ५० हजार ३२६ भएको छ । जुन गत वर्षको तुलनामा ७.०७ प्रतिशतले कम हो । त्यसैगरी उडान अवतरण ९६ हजार ९८९ वटा भएको छ ।

    त्यो गत वर्षको तुलनामा १०.३६ प्रतिशतले कम रहेको बिमानस्थल कार्यालयले जनाएको छ । कार्गो आवागमनमा भने गत वर्षको तुलनामा वृद्धि भएको छ । कार्गो आवागमन ३ हजार ४२६ दशमलव  ८६१ टन रहको छ । यो संख्या गत वर्षको तुलनामा १०.८७ प्रतिशतले बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij