प्रतिनिधिसभा सदस्यको शपथ चैत १२ गते हुने

प्रतिनिधिसभा सदस्यको शपथ चैत १२ गते हुने

बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • प्रतिनिधिसभा सदस्यको शपथ चैत १२ गते हुने

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ चैत १२ गते हुने भएको छ । समानुपातिकतर्फ निर्वाचित सदस्यलाई बिहीबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिँदैछ । 

    बिहीबार नै निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने गरि तयारी भइरहेको छ । त्यसको जानकारी आयोगले संसद सचिवालयलाई पनि गराउँने छ ।

    निर्वाचन आयोगबाट जानकारी प्राप्त भएसँगै शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको संघीय संसद् सचिवालयले जनाएको छ । निर्वाचन आयोगबाट चैत ५ गते निर्वाचन प्रतिवेदन प्राप्त भयो भने भोलिपल्टको पत्रिकामा शपथको सूचना निकाल्ने गरी तयारी गरिरहेको संसद सचिवालयले जनाएको छ । 

    सचिवालयले चैत १२ गते शपथ गराउने तयारीका क्रममा राजनीतिक दलका प्रतिनिधिसँग पनि छलफल गर्ने भएको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट ६ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका थिए । 

    सो निर्वाचनबाट १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल बनेको छ । त्यस्तै नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दल बनेका छन् । 

    त्यसैगरी श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं र ५ सिटसहित राप्रपा छैठौं दल बनेका छन् । सो निर्वाचनमा एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij