सातामा ३ हजार ३ सय रुपैयाँले बढयो सुनको मूल्य

सातामा ३ हजार ३ सय रुपैयाँले बढयो सुनको मूल्य

शनिवार, चैत्र १७ २०८०
शनिवार, चैत्र १७ २०८०
  • सातामा ३ हजार ३ सय रुपैयाँले बढयो सुनको मूल्य

    काठमाडौं । यो साता पनि गत साता जस्तै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन सामान्य घटेको मुल्य त्यसपछिका दिनमा क्रमशः बढेर साताको पछिल्लो कारोबार भएको दिन अर्थात शुक्रबार भने हालसम्मकै उच्च मुल्य कायम भयो । अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति सँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन ।

    नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको छ । साताको पहिलो दिन आइतबार सार्वजनिक विदाका कारण मुल्य निर्धारण भएन । दोस्रो दिनको प्रति तोला १ लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुनको मुल्य तेस्रो दिन सामान्य घटेर पुनः बृद्धि भई साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने हालसम्मकै उच्च अर्थात १ लाख ३० हजार रुपैयाँ पुग्यो । यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति तोला ३ हजार ३ सय रुपैयाँले बढी हो । 

    यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको दोस्रो दिन शोमबार प्रति १० ग्राम १ हजार ३ सय ७ रुपैयाँ ५० पैसा कायम रहेको थियो । साताको तेस्रो र चौथो दिनमा सामान्य घटेर पाँचौं र छैटौ दिन भने फेरी उकालो लागेर साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ३ सय ७ रुपैयाँ ५० पैसा कायम भयो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij