काठमाडौं । बिहीबार राति काठमाडौंबाट दोहा उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज काठमाडौं फिर्ता भएको छ । दोहो उडेको वाइडबडी ए–३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौंमा फिर्ता ल्याइएको हो ।
जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो । निगमको काठमाडौं रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले सो जहाजका यात्रु लिएर उडेको हो ।
समस्या आएको जहाजको मर्मत भइसकेको छ भने उक्त जहाज अब नियमित उडान गर्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।