प्राधिकरणले काटेका सबै उद्योगमा पुनः जोडियो बिजुली

प्राधिकरणले काटेका सबै उद्योगमा पुनः जोडियो बिजुली

शनिवार, पौष २८ २०८०
शनिवार, पौष २८ २०८०
  • प्राधिकरणले काटेका सबै उद्योगमा पुनः जोडियो बिजुली

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेका २३ वटा उद्योगमा पुनः लाइन जोडिदिएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार शुक्रबार रातिबाटसबै उद्योगमा लाइन जोडिएको हो । डेडिकेटेड र ट्रंक लाइन चलाएको बिजुलीका प्रिमियम बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत पुस ९ गतेबाट ती उद्योगमा लाइन काट्न थालेको थियो ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीबीचको महसुल बक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गर्दै तत्काललाई बिद्युत जोडिदिन प्राथिकरणलाई निर्देशक दिएको थियो । शुक्रबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको थियो ।

    प्राधिकरणको रेकर्डअनुसार बिभिन्न उद्योगबाट २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब रूपैयाँ र त्यसयताको ८ अर्ब रूपैयाँ प्रिमियम शुल्क लिन बाँकी छ । त्यसबाहेक २५ प्रतिशत जरिवाना र १५ प्रतिशत ब्याजसमेत गर्दा अहिले ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij