चुनाव प्रभावित हुने सामग्री नप्रसारण गर्न प्रेस काउन्सिलको चेतावनी

चुनाव प्रभावित हुने सामग्री नप्रसारण गर्न प्रेस काउन्सिलको चेतावनी

शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • चुनाव प्रभावित हुने सामग्री नप्रसारण गर्न प्रेस काउन्सिलको चेतावनी

    काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनको सन्दर्भमा मतदातालाई अन्योलमा पार्ने तथा चुनावी प्रक्रियामा असर गर्ने कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न सञ्चारमाध्यमलाई सचेत गराएको छ ।

    हिजो बसेको काउन्सिल बैठकले चुनावजस्तो संवेदनशील समयमा दल, उम्मेदवार वा मतदान प्रक्रियामा नकारात्मक प्रभाव पार्ने विश्लेषण, टिप्पणी वा सामग्री सार्वजनिक नगर्न आग्रह गरेको हो । साथै विदेशी सञ्चारमाध्यमबाट आउने र निर्वाचनलाई असर पार्न सक्ने सामग्रीसमेत सावधानीपूर्वक हेरफेर नगरी सम्प्रेषण नगर्न निर्देशन दिएको छ ।

    बैठकले हालै विदेशी सञ्चारमाध्यमबाट वृत्तचित्रको आवरणमा चुनाव प्रभावित गर्ने सामग्री प्रसारित भएको उल्लेख गर्दै, विशेषगरी बिबिसी जस्ता विदेशी माध्यम नेपाल बाहिरबाट सञ्चालन हुने भएकाले ती संस्थाबाट आउने सामग्रीको प्रत्यक्ष नियमन काउन्सिलको अधिकारक्षेत्रभित्र नपर्ने स्पष्ट पारेको छ ।

    यस विषयमा कूटनीतिक पहलमार्फत प्रक्रिया अघि बढाउन नेपाल सरकार र निर्वाचन आयाेग सँग समन्वय गरी पत्राचार गर्ने निर्णयसमेत बैठकले गरेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij