इलामको माङसेबुङमा जसपा लगायतबाट ६० नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बलियो बन्दै आचार्य

इलामको माङसेबुङमा जसपा लगायतबाट ६० नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बलियो बन्दै आचार्य

शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • इलामको माङसेबुङमा जसपा लगायतबाट ६० नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बलियो बन्दै आचार्य

    इलाम । इलाममा जनता समाजवादी पार्टी जसपा परित्याग गरी करिब ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । किरात धर्मगुरु आात्मानन्द लिङदेनको क्षेत्र माङसेबुङ गाउँपालिका ५ मा शुक्रबार एक कार्यक्रमका बीच युवा नेता मदन इङ्नामको अगुवाइमा ठूलो संख्यामा जसपासहितका दल त्यागेर कांग्रेस प्रवेश गरेका हुन् । 

    यो क्षेत्र इलाम २ मा पर्दछ । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य (प्रत्यक्ष), प्रेमिका राना मगर (समानुपातिक) र जिल्ला उपसभापति खगेन्द्र देवानले उनीहरूलाई स्वागत गरेका छन् ।

    एकैपटक ठूलो संख्यामा पार्टी प्रवेश गरेपछि माङसेबुङमा कांग्रेस मजबुत भएको छ । साथै भेषराज आचार्यप्रति भरोसा बढेको छ । 

    यो क्षेत्रमा २०५६ सालदेखि लगातार एमालेले जित हासिल गरेको भए पनि कुनै विकास नभएको स्थानीयको गुनासो रहँदै आएको छ । 

    यही मेसोमा आचार्यले विकासका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताए । उनले जुनसुकै अप्ठेरा भए पनि समुन्नत इलामका लागि आफूले दिलो ज्यान लगाउने भन्दै पाँच वर्षका लागि जिताएर मूल्यांकन गर्ने अवसर दिन पनि आग्रह गरेका छन् । 

    उनले आफूप्रति गरेको भरोसालाई तोड्न नदिने बताएका छन् । अलपत्र दमक चिसोपानी सडकलाई आफू निर्वाचित भएपछि कानूनी अल्झन फुकाएर कालोपत्रे गर्ने वचन पनि उनले दिए । 

    यसअघिको २०७९ काे चुनाव एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङले जित्दै आएकामा उनको निधनपछि उनकै छोरा सुहाङ नेम्वाङले २०८१ को उपचुनाव जितेका थिए । यसपालि भने उनलाई मुस्किल पर्ने देखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij