सुन हालसम्मकै महंगो, कति पुग्यो तोलाको ?

सुन हालसम्मकै महंगो, कति पुग्यो तोलाको ?

बिहिवार, चैत्र १५ २०८०
बिहिवार, चैत्र १५ २०८०
  • सुन हालसम्मकै महंगो, कति पुग्यो तोलाको ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार छापावाला सुनको मल्य प्रतितोला १ लाख २७ हजार ९ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो।

    बुधबार प्रतितोला १ लाख २६ हजार ८ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २७ हजार ९ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि सुनको भाउ प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो। विहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij