शक्ति बस्नेत, निकोलस भुषाल र श्रम संस्कृति पार्टीलाई २५ हजार जरिवाना

शक्ति बस्नेत, निकोलस भुषाल र श्रम संस्कृति पार्टीलाई २५ हजार जरिवाना

बिहिवार, फाल्गुण १४ २०८२
बिहिवार, फाल्गुण १४ २०८२
  • शक्ति बस्नेत, निकोलस भुषाल र श्रम संस्कृति पार्टीलाई २५ हजार जरिवाना

    काठमाडौं । दुई उमेदवार र एक पार्टीलाई निर्वाचन आयोगले २५ हजार रूपैयाँ जरिबाना गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले जरिवानाको निर्णय गरेको हो ।
     
    आयोगका कानुन अधिकृत मोहन जोशीका अनुसार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जाजरकोट–१ का उमेदवार शक्ति बस्नेतलाई आयोगले २५ हजार जरिवाना गराएको हो । पूर्वमन्त्री बस्नेतले निर्वाचन क्षेत्रमा पैसा बाँडेको उजुरी परेको थियो ।
     
    त्यस्तै, रुपन्देही–२ का उमेदवार डा। कमल भुसाललाई पनि २५ हजारको जरिबानाको निर्णय भएको छ । उनी निकोलसका नामबाट चर्चित छन् । भुसाल नेपाल जनसेवा पार्टीका उमेदवार हुन् ।  

    हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई पनि २५ हजार जरिवाना गरिएको छ । भक्तपुर–२ का नेपाल जनसेवा पार्टीका उमेदवार जानुका पाठक र बाँके–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार खगेन्द्र सुुनुवारलाई आयोगले सचेत गराउने निर्णय गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij